Advertisement

खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

Share:

काठमाडौं, बैशाख-१७,  ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा `खम्बिर´ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो  ।

पुर्व गोर्खा सैनिक समेत रहनुभएका गर्बुजा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्छ  भने उहाँ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुनुहुन्छ । उहाँको जन्मघर म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नाम हो । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस: