पर्वत, साउन -१३, पर्वत जिल्लाको जलजला गाउँपालिका–७ केरबारीमा एक जीप दुर्घटना भएको छ। बेनीबाट कुश्मा तर्फ जाँदै गरेको ग ३ च ४५७८ नम्बरको इको भ्यान अपरान्ह ५:३० बजे सडकबाट करीब ५० मिटर तल खसेर कालिगन्डकी नदीको किनारमा पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कुश्मा नगरपालिका दुर्लुङ निवासी चालक दीपक बहादुर गिरी घाइते भएका छन्।घाइतेलाइ उपचारको लागि पोखरा लगिएको छ । गाडीमा अन्य कोही यात्रु नरहेकाले थप मानवीय क्षति नभएको प्रहरी चौकी मिलन चोकका प्रहरी सहायक निरिक्षक मीन बहादुर खत्रीले जानकारी दिएको दिनुभएको छ।
गाडीमा केवल चालक मात्र रहेकाले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ। दुर्घटनाको कारण खुलेको छैन भने घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस:














