म्याग्दी, फागुन -१२ “हामी बनाऔं हाम्रो विद्यालय” अभियान अन्तर्गत श्री समाज कल्याण आधारभूत विद्यालय जलजला-२, गैराटोलमा रु १ लाख ६० हजार राशिको ‘कर्ण–चेष्टा देवी खत्री स्मृति अक्षयकोष’ स्थापना गरिएको छ।
जलजला गाउँपालिका–३ (हाल चन्द्रागिरी नगरपालिका–७) निवासी पशुपति क्षेत्रीले आफ्ना दिवंगत पिता कर्ण बहादुर खत्री तथा माता चेष्टा देवी खत्रीको वार्षिक पुण्यतिथिको अवसर पारेर उक्त अक्षयकोष स्थापना गर्नुभएको हो। विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच अक्षयकोष घोषणा तथा औपचारिक शुभारम्भ गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राजु प्रसाद आचार्य (अध्यक्ष, जलजला गाउँपालिका) ले शिक्षा मार्फत समुन्नत समाज निर्माणमा यसरी सहयोग गर्ने दाताप्रति खुलेर प्रशंसा गर्नुभयो। उहाँले जलजलाको शैक्षिक विकासमा आम नागरिकको बढ्दो चासो सकारात्मक संकेत भएको उल्लेख गर्नुभयो।
अक्षयकोषका प्रमुख संरक्षक पशुपति क्षेत्री रहनुभएको छ भने संरक्षकमा पूर्व प्रहरी निरीक्षक लालबहादुर क्षेत्री र महेन्द्र खत्री रहनुभएको छ। कार्यक्रममा वडा नं. २ का अध्यक्ष प्रकाश बहादुर घर्ति क्षेत्री विशेष अतिथि रहनुभएको थियो। संस्थापकका तर्फबाट लालबहादुर क्षेत्री र विद्यार्थीका तर्फबाट जीवन विश्वकर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयको तर्फबाट सहयोगदाताहरूलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहोराको अध्यक्षतामा सम्पन्न भएको थियो। शिक्षक डम्मरबहादुर घर्ति क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक इन्द्रबहादुर विश्वकर्माले गर्नुभएको थियो।
स्थापित अक्षयकोषबाट प्राप्त ब्याज रकम विद्यार्थीहरूको शैक्षिक उन्नयन, पुरस्कार वितरण तथा आवश्यक सहयोगका कार्यमा खर्च गरिने विद्यालयले जनाएको छ।














liraglutide generic release date
liraglutide generic release date
liraglutide generic release date