Advertisement

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

Share:

बेनी, माघ-२१, म्याग्दीको सदरमुकाम बेनीबाट छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीसम्मका लागि सिधै बस सेवा सुरु भएको छ । बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा आयोजित एक विशेष कार्यक्रमका बिच नगरप्रमुख सुरत केसीले बुधबार यो सेवाको उद्घाटन गर्नुभयो ।

मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिको सहकार्यमा सञ्चालनमा आएको यो बस सेवाले म्याग्दीको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

बस सेवा उद्घाटन गर्दै नगरप्रमुख केसीले भन्नुभयो: “गलेश्वरधाम र मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनका लागि आउने भारतीय पर्यटकहरूलाई यो सेवाले ठुलो राहत पुग्नेछ । हामी यसको थप प्रचारप्रसारमा समेत ध्यान दिनेछौँ ।”

यो बस हरेक दिन बिहान पौने सात बजे बेनीबाट छुट्नेछ र स्याङ्जा, वालिङ, भैरहवा हुँदै भारतका अयोध्या र आग्रा भएर २७ घण्टामा नयाँ दिल्ली पुग्नेछ । बेनीबाट दिल्लीसम्मको भाडा प्रतिव्यक्ति ५ हजार ४ सय रुपैयाँ र दिल्लीबाट बेनीका लागि ३ हजार २ सय भारतीय रुपैयाँ तोकिएको छ ।

यसअघि म्याग्दीबाट भारत जान पोखरा पुग्नुपर्ने बाध्यता रहेकामा अब सिधै सेवा सुरु भएपछि रोजगारी, उपचार र शिक्षाका लागि भारत जानेहरूलाई सस्तो र सुरक्षित यात्राको सुविधा मिलेको छ । म्याग्दीबाट दिल्ली जाने पहिलो यात्रु उमेश किसानलाई अबका हरेक यात्रामा २० प्रतिशत छुटको सुविधा समेत प्रदान गरिएको छ ।

यात्राका क्रममा यात्रुहरूले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य साथमा राख्नुपर्ने हुन्छ  ।

 

प्रतिक्रिया दिनुहोस:
13 comments
amoxicillin treatment overview

amoxicillin treatment overview

amoxicillin treatment overview

vardenafil 10 mg basics

vardenafil 10 mg basics

vardenafil 10 mg basics

minoxidil onset absorption link

minoxidil onset absorption link

minoxidil onset absorption link

toradol speed of action

toradol speed of action

toradol speed of action

xenical generic 120mg

xenical generic 120mg

xenical generic 120mg

acyclovir 400 mg for shingles

acyclovir 400 mg for shingles

acyclovir 400 mg for shingles

doxycycline 100mg for acne reviews

doxycycline 100mg for acne reviews

doxycycline 100mg for acne reviews

tabs sildenafil dosage

tabs sildenafil dosage

tabs sildenafil dosage

macrobid 100mg capsule

macrobid 100mg capsule

macrobid 100mg capsule

is avanafil over the counter

is avanafil over the counter

is avanafil over the counter

metoprolol er succinate

metoprolol er succinate

metoprolol er succinate

finasteride for women

finasteride for women

finasteride for women