पर्वत, मङ्सिर-९, दक्षिण कोरियामा रहेका पर्वतबासीहरूको साझा संस्था पर्वत समाज दक्षिण कोरियाको नयाँ नेतृत्व चयन भएको छ। संस्थाको पाँचौँ अधिवेशन सउलको दोङ्देमुनस्थित नेपाल–थाई रेष्टुरेन्टमा सम्पन्न हुँदै बिमल खत्री सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको हो। मल्लाज, जलजला गाउँपालिका जन्मघर भएका खत्री रोजगारीका सिलसिलामा लामो समयदेखि कोरियामा बस्दै आउनु भएको छ।
त्यसैगरी, अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आशिष गुरुङ, उपाध्यक्षमा मेघ पौडेल, प्रकाश पाण्डेय र सृजना तिवारी, महासचिवमा जीवन पौडेल, सचिवमा सलिन शर्मा र सुनिल भुसाल, कोषाध्यक्षमा सरोज कार्की तथा सह–कोषाध्यक्षमा बिष्णु सापकोटालाई चयन गरेको छ।
सदस्यहरूमा कृष्ण सुबेदी, अर्जुन हमाल, प्रबिन जिसी, अनिल पौडेल, प्रकाश शर्मा, बिक्रम काफ्ले, संजोग भुसाल, मिलन बी.के., सुरेश थापा र सन्तोष शेन रहेका छन्।
यस्तै, खेलकुद संयोजकमा सरोज गुरुङ, निर्वाचन संयोजकमा डा. रोशन पौडेल तथा निर्वाचन समिति सदस्यमा डा. सन्जु पौडेल र नन्द गुरुङ मनोनित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष बिमल खत्रीले विदेशमा रहेका पर्वते समुदायलाई आपसी एकता, सामाजिक उत्तरदायित्व र पहिचानका साझा अभियानमार्फत थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशनमा सल्लाहकार, बुद्धिजीवी, समुदायका प्रतिनिधि तथा अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
पर्वतबाट कोरिया तथा अन्य देशमा रहेका प्रवासी पर्वतेहरूले जिल्लाको स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएका छन्।















