Advertisement

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

Share:

देवी जिसी /बेनी, भदौ -३,  हरितालिका तीज पर्व २०८२ को अवसरमा मिलन म्याग्दीको आयोजना र उज्यालो वैकल्पिक विद्यालय, बेनी नगरपालिका–७ को समन्वयमा महिलामुखी प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना तथा बीएमआई (BMI) जाँच, सुगर र प्रेसर लगायतको परिक्षण  कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न कार्यक्रममा वैकल्पिक विद्यालयमा अध्ययनरत आमा तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीकी प्रमुख दिलकुमारी खत्रीले वैकल्पिक विद्यालयमा अध्ययनरत दिदीबहिनीहरूलाई लक्षित गरी आयोजना गरिएको यो कार्यक्रम प्रेरणादायी रहेको बताउनुभयो । उहाँले उमेर गए पनि पढ्ने इक्षा भएकाले यसले अरुलाई पनि शिक्षाप्रति प्रेरित गर्ने सन्देश दिन सक्ने धारणा राख्नुभयो ।

बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व र यसको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै यस पर्वलाई पुस्तान्तर गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, उज्यालो वैकल्पिक विद्यालयका अध्यक्ष राजेश शाक्यलगायतको उपस्थिति थियो ।

मिलन म्याग्दीका अध्यक्ष दिलु बितालुको अध्यक्षता, सामाजिक सुपरीबेक्षक छवी पुनको  सञ्चालन र निवर्तमान अध्यक्ष कमला बानियाको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सहभागी महिलाहरूलाई स्वास्थ्यसम्बन्धी विविध जानकारीसमेत प्रदान गरिएको थियो

प्रतिक्रिया दिनुहोस: