कृष्ण जिसी / म्याग्दी, हिमाली फेदीका बस्तीदेखि बेनीबजारका गल्लीहरूसम्म यतिबेला एउटै चर्चा छ— ‘यसपालि म्याग्दीको साँचो कसको हातमा?’ चिसो मौसम भएपनि म्याग्दीको राजनीतिक तापक्रम भने उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लाका भित्री बस्तीहरूमा चुनावी बाजा घन्किन थालेका छन्।
विशेषगरी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठको सक्रियता र एमालेको बलियो सांगठनिक आधारले यो निर्वाचनलाई निकै रोचक बनाएको छ।
सोमबार मालिका गाउँपालिकाको दुखुवेंशी र दुखुलेकका भिरालो बस्तीहरूमा एउटा टोली उत्साहका साथ हिँडिरहेको थियो। टोलीको नेतृत्व गरिरहनुभएको थियो- हरिकृष्ण श्रेष्ठ। तेलावाङ र विमका स्थानीयसँग हात मिलाउँदै र उनीहरूका समस्या सुन्दै गर्दा श्रेष्ठको अनुहारमा एउटा आत्मविश्वास झल्किन्थ्यो।
“हामीले सडक मात्र खन्नु छैन, म्याग्दीको समृद्धि खन्नु छ,” घरदैलोका क्रममा श्रेष्ठले भन्नुभयो। उहाँको चुनावी एजेन्डामा भौतिक पूर्वाधार, जलविद्युत र पर्यटनको विकास प्राथमिकतामा छन्। स्थानीय मतदाताले उहाँलाई ‘अनुभवी र शालीन नेता’का रूपमा स्वीकार गरेको देखिन्छ, जसले एमालेको चुनावी माहोललाई थप उर्जा प्रदान गरेको छ।
म्याग्दीमा एमालेको जितको मुख्य आधार त्यसको ‘संगठानात्मक ‘ संरचना हो। यहाँ एमालेको संगठन कुनै मौसमी खेती जस्तो होइन, बरु वर्षौँदेखि जरा गाडेको वरपीपल जस्तै छ। विश्लेषकहरू भन्छन् “जिल्लाको मध्य र पश्चिम क्षेत्र एमालेको लागि बलियो छ।”
पश्चिम म्याग्दीमा अन्य दलको तुलनामा एमालेका कार्यकर्ताहरू बढी अनुशासित र संगठित देखिएका छन्। श्रेष्ठका लागि यही सांगठनिक ‘गढ’ नै संसद् यात्राको सबैभन्दा बलियो भर्याङ बन्न सक्ने आकलन गरिएको छ।
यद्यपि, यो बाटो श्रेष्ठका लागि फूलैफूलले भरिएको भने छैन। म्याग्दीको चुनावी मैदानमा यसपटक महावीर पुनको प्रवेशले नयाँ तरंग ल्याएको छ। अन्नपूर्ण गाउँपालिकाका बस्तीहरूमा पुनको सक्रियताले तटस्थ र युवा मतदातालाई आकर्षित गरिरहेको छ। उहाँको बौद्धिक छविले कुन दलको मत काट्छ भन्ने कुराले धेरै अर्थ राख्छ।
अर्कोतर्फ, नेपाली कांग्रेसका केबी भण्डारी पनि धवलागिरी र मालिका क्षेत्रमा सक्रिय हुनुहुन्छ। कांग्रेसको तल्लो तहको संगठन र पुराना मतदाताहरूको साथले प्रतिस्पर्धालाई त्रिकोणात्मक बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार युबराज रोकाले स्वतन्त्र उम्मेदवार महाबिर पुनलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि खुलेर महाबिरको पक्षमा मत मागेको देखिएको छैन र आफ्नो प्रचार प्रसार गरेको पनि देखिएको छैन यसले गर्दा रास्वपा पर्ख र हेरको स्थितिमा रहेको हो भनेर प्रश्न गर्न मिल्ने ठाउँ देखिन्छ।
म्याग्दीको निर्वाचनमा यसपटक केवल व्यक्ति होइन, एजेन्डा र संगठनको ठूलो परीक्षा हुँदैछ। भने, स्वतन्त्र उम्मेदवारको प्रभाव र अन्य दलको रणनीतिले अन्तिम समयमा परिणामलाई प्रभावित पार्न सक्ने सम्भावना पनि जीवितै छ। समग्रमा, म्याग्दीका मतदाता सचेत छन्। उनीहरू ‘कुरा’ भन्दा पनि ‘काम’ गर्ने नेतृत्वको पर्खाइमा छन्। चुनावी परिणामको यथार्थ भने मतदान केन्द्रबाट बाकस नखुलेसम्म गर्भमै रहनेछ।
















vardenafil side effect notes for patients
vardenafil side effect notes for patients
vardenafil side effect notes for patients