Advertisement

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

Share:

बेनी, भदौ -११, म्याग्दीका नवागन्तुक  प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद  तिवारीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार पत्रकारहरूसँगको भेटघाटमा प्रजिअ तिवारीले आवश्यक कागजपत्र बिना काम गर्न नसकिने भए पनि अनावश्यक प्रक्रिया र ढिलासुस्ती हटाइने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो ; “कागजपत्र र प्रक्रिया पूरा भएपछि सेवाप्रवाहमा ढिलासुस्ती भन्नुपर्ने अवस्था रहने छैन।”

प्रजिअ तिवारीका अनुसार, स्थानीय तह र अन्य सरकारी कार्यालयहरूसँग समन्वय गरी सेवाग्राहीमैत्री वातावरण बनाइनेछ। साथै, विकास निर्माण, शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गरिनेछ।

उहाँले  भौगोलिक परिस्थितिका कारण जिल्लामा हुने चुनौतीलाई स्वीकार गर्दै योजनाबद्ध ढंगले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । पत्रकारहरूले पनि सेवाग्राहीमैत्री वातावरण कायम गर्नुपर्ने सुझाव दिएका छन्।

प्रजिअ तिवारीले सामाजिक रुपान्तरण, कानूनी शासनको सुदृढीकरण र जनमैत्री प्रशासन निर्माणका लागि सबै सरोकारवालाको सहकार्य अपरिहार्य हुनेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस: