Advertisement

बेनीको मंगलाघाटमा श्रीमतीको हत्या गरि भागेका राजु ज्यामरुककोटको जंगलबाट पक्राउ

Share:

म्याग्दी, वैशाख १६, म्याग्दी जिल्लाको बेनि नगरपालिका–७ मंगलाघाटमा श्रीमतीको हत्या गरी फरार भएका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार बिहान करिब साढे ६ बजेतिर २७ वर्षीया भगवती विकको आफ्नै श्रीमानले दाउराको  प्रहारबाट हत्या गरेका हुन्।

हत्या आरोपमा पक्राउ परेका व्यक्ति  हाल बेनी नगरपालिका–७ मा बसोबास गर्दै आएका ३० वर्षीय राजु विक हुन्। घटना पछि फरार रहेका विकलाई म्याग्दी प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित जंगलबाट पक्राउ गरेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, घरेलु विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक भगवती विकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बेनीको शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस: