बेनी, साउन-२६, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृहमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान विद्युतगृहमा सुख्खा पहिरो खस्दा पहिरोमा पुरिएर अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका ५५ वर्षीय सुरक्षागार्ड दिपक बरुवाल ‘खेमराज’को मृत्यु भएको हो।
पहिरोमा परी आयोजनामा कार्यरत एक जना प्राविधिक घाइते भएका छन्। अर्का एक जना प्राविधिकलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ।
पहिरोका कारण विद्युतगृहमा रहेका उपकरणहरूमा समेत क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि घारखोला जलविद्युत आयोजनाको विद्युत उत्पादनसमेत बन्द भएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस:














