Advertisement

ब्राजिलका विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपालमा

Share:

काठमाडौँ, बैसाख-९,  ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्।

नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्।

तस्विर: सेतोपाटी

मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको खेल हेर्नेछन्।

उनी बुधबार नै फर्कने कार्यक्रम छ। नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई धन्यवाद दिएका छन्। सेतोपाटीबाट साभार 

प्रतिक्रिया दिनुहोस: