Advertisement

म्याग्दी उद्योग वाणिज्य संघले पत्रकार महासंघ म्याग्दीलाई पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्यो

Share:

म्याग्दी, चैत-१६, म्याग्दी उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले यस अघि सम्पन्न आठौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेलाबाट संकलित आम्दानीबाट सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले उक्त सहयोग गरेको हो। महोत्सवको टिकट बिक्रीबाट प्राप्त आम्दानीबाट नेपाल पत्रकार महासंघ म्याग्दी शाखालाई ५० हजार रुपैयाँ प्रदान गरेको  हो।

शनिबार बेनीमा आयोजित म्याग्दी उद्योग वाणिज्य संघको ३१ औं वार्षिक साधारणसभाको अवसरमा संघका अध्यक्ष सुविन श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र कोषाध्यक्ष साधन राम्जालीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले म्याग्दी उद्योग वाणिज्य संघलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेको छ। संघको यो सहयोगले पत्रकारिताको क्षेत्रमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस: