अन्नपुर्ण, फागुन-१७, प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि घतान र अन्नपुर्णले जितेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल म्याग्दीको आयोजनामा सम्पन्न भएको प्रथम तरुण कप प्रदेश सभा क्षेत्र (क) अन्तर्गत वडा स्तरी भलिबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–९,घतान (ए) ले जित्न सफल भएको हो भने अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगितामा अन्नपुर्ण गाउँपालिका प्रथम भएको हो ।
शुक्रबार अन्नपुर्ण गाउँपलिका–४, नारच्याङमा सम्पन्न फाइनल खेलमा भगवतीलाई पराजित गर्दै घतान एले एक लाख एघार हजार ,ट्रफी ,मेडल ,प्रमाणपत्र सहित उपाधि उचाल्न सफल भएको हो । अन्नपुर्ण गाउँपालिकाले मंगला गाउँपालिकालाई पराजित गर्दै ७७ हजार सात सय ७७ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र सहितको अन्तर पालिका स्तरीय महिला भलिबलको प्रथम तरुण कप हात पार्न सफल भएको हो ।यसअघि प्रदेश सभा क्षेत्र (ख) अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता दरबाङमा सम्पन्न भइसकेको छ ।
उपविजेता भएको भगवतीले ६६ हजार छ सय ६६ रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र तथा महिला भलिबल तर्फ उपविजेता बनेको मंगला गाउँपालिकाले ४४ हजार चार सय ४४ रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बन्न सफल घतान एका खेलाडी अर्जुन खत्री र मंगला गाउँपालिकाकी रिक्जना माझी पुरस्कृत हुनुभयो ।घतान एले भगवतीलाई दुई विरुद्ध तीन सेतले पराजित गरेको हो । भने अन्नपुर्णले एकका विरुद्ध तीन सेतले पराजित ग¥यो । महिला भलिबलमा पाँच गाउँपालिका र वडा स्तरीय भलिबल खेलमा १६ टीमले सहभागिता जनाएका थिए ।