Advertisement

मोहनबहादुर मल्ल साहित्य पुरस्कारद्वारा सम्मानित पर्वत र म्याग्दीका साहित्यिक हस्तीहरू

476111243 10232109309268118 2443999685473725211 n
Share:

जलजला, माघ-२३,  साहित्यकार  मोहनबहादुर मल्लको ११४ औं स्मृति दिवस मनाइएको छ । मोहनबहादुर मल्ल स्मृति समितिले बुधबार   स्वर्गीय साहित्यकार तथा इतिहासकार मोहनबहादुर मल्लको ११४ औं जयन्ती मनाएको हो । स्मृति दिवसको अवसरमा  आयोजना गरिएको  कार्यक्रममा पर्वतका साहित्यिक हस्ती  इन्द्र कुमार विकल्प र म्याग्दीका  ध्रुवलाल शर्मालाई मोहनबहादुर मल्ल साहित्य पुरस्कारबाट सम्मानित गरिएको छ।

विकल्प पर्वत साहित्य सङ्गमका पूर्व अध्यक्ष तथा कालीको सुसेली नामक त्रैमासिक पत्रिकाका सम्पादक हुनुहुन्छ भने शर्मा म्याग्दी साहित्यिक समाजका अध्यक्ष हुनुहुन्छ । उहाँहरूलाई दश–दश हजार नगद राशि, प्रसंसा -पत्र र मोहनबहादुर मल्लको पुस्तक प्रदान गरी सम्मान गरिएको हो।

यसै अवसरमा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान पर्वतले प्रकाशन गरेको कालञ्जर साहित्यिक पत्रिका लगायत अन्य प्रकाशनमा पुगेको योगदानलाई कदर गर्दै स्मृति समितिले प्रतिष्ठानलाई पन्ध्र हजार रूपैयाँ सहयोग राशि प्रदान गरेको छ। प्रतिष्ठानले यसको लागि स्मृति समितिप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

कार्यक्रममा साहित्यकार, इतिहासकार तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। समितिले मोहनबहादुर मल्लको साहित्यिक योगदानलाई सम्झन र अगाडि बढाउन यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस: