जलजला, माघ-२४, प्रसिद्ध साहित्यकार, इतिहासकार तथा समाजसुधारक स्वर्गीय मोहनबहादुर मल्ल को ११५औँ जयन्ती पर्वत जिल्लाको मल्लाजस्थित मोहनचोकमा माघ २३ गते विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रममा “मोहनबहादुर मल्लका उपन्यासमा प्रजाति, पर्यावरण संरक्षण” विषयमा विद्यावारिधि गर्नुभएका डा. आनन्दराज सिलवाल लाई नगद रु. १५ हजारसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

यसै अवसरमा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, पर्वतद्वारा प्रकाशित साहित्यिक सङ्गालो कालञ्जर को २०८२ माघ अङ्कको विमोचन तथा लोकार्पण समेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि र पुरस्कृत विद्वान्का अतिरिक्त साहित्यकारहरू ध्रुवलाल शर्मा, नारायणदत्त सुवेदी, जीवन मल्ल, हरिकृष्ण आचार्य, रघुनाथ आचार्य, टेकनाथ आचार्य, हिराबहादुर जिसी र सुषमा मल्ल ले स्वर्गीय मल्लको बहुमुखी व्यक्तित्व र साहित्यिक योगदानबारे मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी दान सम्बन्धी मन्तव्य केदारनाथ पौडेल, गणनाथ पौडेल र चन्द्र लामिछानेले राख्नुभएको थियो भने उहाँहरूले आफ्ना रचनाहरू पनि वाचन गर्नुभएको थियो।
साहित्यकार मोहनबहादुर मल्ल स्मृति समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समितिका अध्यक्ष तथा संरक्षक दीप मल्लको अध्यक्षता तथा डा. योगी दयानाथ को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य चन्द्रबहादुर लामिछानेले राख्नुभएको थियो।













pneumonia risk factors
pneumonia risk factors
pneumonia risk factors