Advertisement

आधारभूत तह स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा बेनी बोर्डिंग स्कुल प्रथम

Share:

देवी जिसी /बेनी, माघ २१ – म्याग्दीको बेनी स्थित बेनी बोर्डिंग सेकेण्डरी स्कुलका विद्यार्थी अनुष श्रीपालीले युवा रेडक्रस सर्कल न्यु वेष्ट पोइन्ट आवासीय माविले आयोजना गरेको आधारभूत तह स्तरीय चित्रकला प्रतियोगितामा प्रथम स्थान हात पारेका छन्। यसै प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय माविकी सुहना लामिछानेले दोस्रो स्थान र लिटल गार्डेन एकेडेमीका अंकित शाहीले तेस्रो स्थान प्राप्त गरेका छन् भने वेष्ट पोइन्टका निर्वाण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताका विजेतालाई नगद राशि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार विजेतालाई क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। यस प्रतियोगितामा ६ वटा विद्यालयका ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

श्रीपंचमी (सरस्वती पूजा) को अवसरमा विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयका प्रिन्सिपल डीबी दाहाल र युरेस शिक्षक नायक सुदिप श्रेष्ठले विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

युरेस वेष्ट पोइन्टले हरेक वर्ष हाजिरीजवाफ, चित्रकला प्रतियोगिता जस्ता प्रतियोगितात्मक कार्यक्रम र सामाजिक कार्यमा सक्रियता देखाउँदै आइरहेको छ। युरेसका शिक्षक नायक सुदिप श्रेष्ठले बताए अनुसार, केही दिनपछि SEE परीक्षालाई केन्द्रित गरी अन्तर मावि विषयगत हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको छ।

यसरी युरेस वेष्ट पोइन्टले विद्यार्थीहरूको सृजनात्मकता र प्रतिभा प्रदर्शनका लागि मंच उपलब्ध गराउँदै आइरहेको छ भने विद्यार्थीहरूले पनि यस्ता कार्यक्रममा सहभागिता जनाएर आफ्नो प्रतिभा देखाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस: