बेनी, चैत-६, म्याग्दीको मालिका गाउँपालिका-४ सुङग्रेपानीमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
सुङग्रेपानी देखि चिउरीबोट तर्फ जादै गरेको ग १ ज ५६१२ नम्बरको बोलेरो जिप सडक देखि ५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मालिका गाउँपालिका-४ का ३१ वर्षीय नगेन्द्र रसाईलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।
गम्भिर घाइते चालक समेत रहेका घाइते भएका मालिका-४ ओखरबोटका ३३ वर्षीय शेरबहादुर बिकलाई पोखरा पठाइएको छ । सामान्य घाइते चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र भिमप्रसाद गोतामेको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । धौलागिरि खबरबाट
प्रतिक्रिया दिनुहोस: