Advertisement

म्याग्दी क्याम्पसको निर्बाचनमा मिश्रित परिणाम : सभापतिमा नेविसंघका संगम चोखाल

Share:

देवी जिसी / बेनी, चैत-६,  म्याग्दी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । नेविसंघका चोखाल क्षेत्री २८८ मत सहित विजयी भएका हुन् ।

अखिल क्रान्तिकारीका सन्दिप खत्रीले एक सय ६६, अनेरास्ववियुका दिनेश खत्री (सुजन) ले १९२ र अखिल नेपाल समाजवादीकी मनिषा दर्जीले ५ मत प्राप्त गरेको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल क्षेत्री २८३ मत सहित विजयी भएका छन्  ।

कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारी २५२ मत प्राप्त गरी विजयी भएकी छिन  । कार्यसमिति सदस्यहरुमा प्रतक्षतर्फ नेविसंघका विशाल विक (२६४), ढकबहादुर भण्डारी (२८१) , सम्पुर्ण जिसी (२५१), अनुपम क्षेष्ठ (२८९) विजयी भएका छन् भने अनेरास्ववियुबाट अविजित शाही (२५८४) विजयी भएका छन्  ।

समानुपातिक र प्रतक्षतर्फ गरी नेविसंघले ७, अनेरास्ववियुले ४ र अखिल क्रान्तिकारीले एक सदस्य जितेको छ । कुल मतदाता ८२४ मध्ये ६८६ मत खसेको थियो। समानुपातिक तर्फ अनेरास्ववियुले २७७, नेविसंघले २४४, अखिल क्रान्तिकारीले एक सय ४२, अखिल समाजवादीले दश मत प्राप्त गरेका छन् । म्याग्दी क्याम्पस स्ववियु सभापतिमा नेविसंघले जितेको यो  दोस्रो पटक हो।

प्रतिक्रिया दिनुहोस: