म्याग्दी, बैशाख-९, प्रबासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर कलम चलाइरहेका गजलकार सरोज संगम रावलको नयाँ गजल “कदर भएन” सार्वजनिक भएको छ। म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौर निवासी रावलको यो गजललाई चर्चित गायिका बाबिना भट्टराईले आफ्नो सुमधुर स्वरले जीवन्त बनाएकी छिन्।
प्रेममा नपाएको मूल्य र अवमूल्यनको गहिरो पीडालाई मार्मिक शब्दमा प्रस्तुत गरिएको यो गजलले श्रोताको मन छुने अपेक्षा गरिएको छ। सर्जक रावलले प्रवासमा रहे पनि आफ्नो साहित्यिक यात्रालाई निरन्तरता दिँदै आएका छन् । यस अघि उनको एक मुक्तक संग्रह प्रकाशित पहिलो गजल चञ्चल अघिल्लो बर्ष पनि बबिना भट्टराईकै आवाज संगितमा बजारमा आएको थियो । रावलका थुप्रै गजल मुक्तक विभिन्न पत्रपत्रीकामा प्रकाशित छन।
आफ्नो सिर्जनालाई चर्चित गायिकाले गाउँदा पूर्ण न्याय मिलेको रावलले बताएका छन्। “कदर भएन” गजलले प्रेममा महसुस हुने तड्प र विछोडका भावनाहरूलाई उजागर गर्छ। यस गजलको भावुक धुन र काव्यिक सुन्दरताले नेपाली संगीत र गजलप्रेमीहरूका लागि यो एक विशेष प्रस्तुति बनेको छ। यो गजल अवश्य पनि सुन्नैपर्ने उत्कृष्ट रचनाको रूपमा स्थापित हुने विश्वास लिइएको छ।
भिडियो: