Advertisement

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसीले ४.०० जीपीए प्राप्त गरिन

Share:

बेनी, असार-१४,  न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्राले एसईईमा ४.०० जीपीएका साथ जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएकी छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा, एसईई २०८१ को नतिजामा म्याग्दीको न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयकी प्रकृति घर्ति क्षेत्रीले पूर्ण ४.०० जीपीए ल्याउँदै जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी छिन्।

यस वर्ष सो विद्यालयबाट ८३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। विद्यालयका अनुसार, ३४ जनाले ३.६० -४.०० जीपीए, ४० जनाले ३.२० -३.६०, र ९ जनाले २.८०-३.२०  जीपीए  प्राप्त गरेका छन्।

विद्यालयका प्रिन्सिपल डिवी दाहालका अनुसार, यस वर्षको १०० प्रतिशत सफलता गुणस्तरीय शिक्षण प्रणालीको प्रमाण हो। उहाँले भन्नुभयो —
“हामी केवल किताबी ज्ञानमा सीमित छैनौं, विद्यार्थीको सिर्जनात्मकता, आत्मविश्वास र व्यवहारिक सीप विकासमा पनि विशेष ध्यान दिँदै आएका छौं।वेष्ट पोइन्ट एजुकेशन फाउन्डेशनअन्तर्गत हाल वेष्ट पोइन्ट मण्टेसरी, वेष्ट पोइन्ट कलेज र न्यु वेष्ट पोइन्ट आवासीय मावि सञ्चालनमा छन्। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन सुविधा उपलब्ध छ।

विद्यालय २२ रोपनी क्षेत्रफलमा फैलिएको हरियालीयुक्त परिसरमा अवस्थित छ। त्यहाँ विज्ञान प्रयोगशाला, पुस्तकालय, स्मार्ट कक्षाकोठाहरू, खेलमैदान लगायतका सम्पूर्ण शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
एसईईको उत्कृष्ट नतिजासँगै न्यु वेष्ट पोइन्टले आफ्नो शैक्षिक क्षमताको थप पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस: