Advertisement

नेपाल निवृत्त शिक्षक समाज, म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न: नयाँ नेतृत्व चयन

Share:

म्याग्दी, चैत-२५,  नेपाल निवृत्त शिक्षक समाज, म्याग्दीको प्रथम जिल्ला अधिवेशन  सम्पन्न भएको छ। सोमबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै निवृत्त शिक्षकहरूको हकहित र सामाजिक भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

भेलाले सेवा निवृत्त शिक्षक समाजको अध्यक्षमा हरिकृष्ण सुबेदीलाई चयन गरेको छ त्यसैगरी उपाध्यक्षमा धुरबलाल शर्मा, महिला उपाध्यक्षमा धनकुमारी थापा, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की रहनुभएको छ । सदस्यहरुमा चन्द्रबहादुर घिमिरे, मोतिराज उपाध्याय, मोहन बानिया, इन्द्रा तुलाचन, निलकण्ठ सुवेदी, यामबहादुर खत्री, हरिप्रसाद सुवेदी, शेरबहादुर खड्‌का, गुप्तबहादुर रोका र भिमप्रसाद गौतम रहनुभएको छ ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधीमा केशवप्रसाद रेग्मी चयन हुनुभएको र थप एक जना पछि चयन गरिने समाजले जनाएको छ ।

अधिवेशनमा बोल्दै प्रमुख अतिथि  नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य हरिप्रसाद शर्मा लामिछानेले निवृत्त शिक्षकहरूको अनुभव र ज्ञानलाई समाजको हितमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले  निवृत्त शिक्षकहरूले समाजलाई मार्गदर्शन गर्न सक्ने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख के.सी.ले निवृत्त शिक्षकहरूको सम्मान र कल्याणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनमा  निर्वाचन मण्डलमा रहेर जिम्मेवारीपूर्वक अधिवेशन सम्पन्न गराउनु हुने शिवप्रसाद कटुवाल, कृष्णबहादुर थापा तथा शेरबहादुर गुरुङलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस: