देवी जिसी /म्याग्दी, माघ-२७, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ म्याग्दीको ११औं साधारणसभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले ललिन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सभाले ललिन्द्र थापामगलाई संघको अध्यक्षमा निर्वाचित गरेको छ। उपाध्यक्षमा नीलप्रकाश थापा (सरोज), सचिवमा इश्वर भण्डारी, सहसचिवमा दुर्गालाल कडेल, कोषाध्यक्षमा मना तुलाचन र सहकोषाध्यक्षमा नौमती गर्बुजा पुनः चयन भएका छन्। सदस्यहरुमा शिसम श्रेष्ठ, प्रोजन घिमिरे, कुमारी गुरुङ, भुपेन्द्र बुढाथोकी लगायत रहेका छन्।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल, केन्द्रिय सचिव ताराप्रसाद आचार्य (बाबुराम) लगायतले मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव अमृत सापकोटाले गरेका थिए। यस सभाले संघको भविष्यका योजना तथा गतिविधिहरूमाथि छलफल गरी आगामी दिनमा संघले अगाडि बढ्ने मार्ग तय गरेको छ।