Advertisement

एसएलसी ब्याच २०४८ ग्राम प्रकाश माविले फागुन ७ मा पूर्व विद्यार्थीहरूको पुनर्मिलन र गुरु सम्मान गर्ने

Share:

जलजला, माघ-१४, पर्वतको जलजला ५ स्थित ग्राम प्रकाश मावि वाट वि.सं. २०४८ सामल SLC उत्तीर्ण गरेका विद्यार्थीहरुको भेला सम्पन्न भएको छ  पौष २० गते, शनिवारका दिन पर्वत जिल्लाको कुश्मामा  भेला सम्पन्न भएको हो। विद्यालयबाट एसएलसी दिएर छुट्टिएका साथीहरूलाई औपचारिक रूपमा पहिलोपटक यसरी पुनर्मिलन गराइएको हो। भेलामा सहभागी भीम नाथ रेग्मीले विद्यालय जीवनलाई जीवनकै महत्त्वपूर्ण समय भन्दै, ती दिनका साथीहरूलाई भेट्न पाउनु सबैका लागि निकै भावनात्मक क्षण रहेको बताउनुभयो। उहाँले थप गर्नुभयो, “पुनर्मिलनको माध्यमबाट हामीबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै विद्यालय र समाजप्रतिको उत्तरदायित्व बहन गर्न यो कार्यक्रम आयोजना गरिएको हो।”

अध्यक्ष चन्द्र कुमारी गुरुङले प्रवास तथा विभिन्न पेशामा सक्रिय साथीहरूसँग सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क स्थापित भएको र यसलाई अब औपचारिकता दिने बताउनुभयो। यो ऐतिहासिक पुनर्मिलन कार्यक्रमले विद्यालय जीवनका सम्झनाहरूलाई ताजा गर्दै साथीहरूलाई एकजुट हुने अवसर प्रदान गरेको छ ।

भेलाले विभिन्न गतिविधि सञ्चालन गर्नका लागि  चन्द्र कुमारी गुरुङको संयोजकत्वमा  तदर्थ समिति गठन गरेको छ। त्सयसैगरी समितिका उपाध्यक्ष, जीवन थापा, महिला उपाध्यक्ष, तुलसी रेग्मी पौडेल, सचिव भीम नाथ रेग्मी, कोषाध्यक्ष, डेग बहादुर जिसी, सदस्यहरूमा , बाबुराम रेग्मी, राम बहादुर जिसी, कुलबहादुर नेपाली,टंकराज सुवेदी,श्याम नाथ रेग्मी,श्यामलाल सुवेदी,द्रौपदी सुवेदी रेग्मी,जयप्रसाद सुवेदी,षडानन्द सापकोटा रहेका छन् त्यसैगरी प्रमुख संरक्षक: तिलक बहादुर जिसी र  सल्लाहकारमा भीमलाल रेग्मी (अष्ट्रेलिया), जसबहादुर चोचाङ्गी (हङकङ) र  रमाकान्त सुवेदी (सिन्धुली) लाइ चयन गरिएको छ

भेलाले २०८१ साल फागुन ७ गतेका दिन पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। कार्यक्रममा विद्यालयका पुराना गुरुवर्गलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । यसका साथै, पूर्व विद्यार्थीहरूको पहलमा ‘पूर्व विद्यार्थी अक्षय कोष’ स्थापना गर्ने र कोष परिचालनका लागि कार्यविधि तयार पार्ने निर्णय गरिएको छ। कोषाध्यक्ष डेग बहादुर जिसीले यस कोषले विद्यालय र समाजको विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।

विद्यालयप्रतिको निष्ठा र जिम्मेवारीलाई पुनः स्मरण गर्दै, साथीहरूबीचको आपसी सहयोग र सहकार्यलाई संस्थागत गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको उपाध्यक्ष जीवन थापाले बताउनुभयो । यस पुनर्मिलनले न केवल साथीहरूलाई नजिक ल्याउनेछ, बरु समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा प्रदान गर्नेछ। २०४८ मात्रै नभएर २०४१ साल देखि हालसम्म ग्राम प्रकाश माविबाट SLC उत्तीर्ण गरेका विद्यार्थीहरुलाई एक ठाउँमा भेला गराउनु प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो पहिलो पुनर्मिलन कार्यक्रम विद्यालयमा गरेपश्चात पुर्व विद्यार्थी संघ समेत गठन गर्ने सल्क ब्याच २०४८ ले जनाएको  छ ।

यो कार्यक्रमले ग्राम प्रकाश माध्यमिक विद्यालयका २०४८ ब्याचका विद्यार्थीहरूलाई जीवनकै एक अविस्मरणीय क्षण सृजना गर्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस: