-
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
देवी जिसी /म्याग्दी बैशाख-२८, गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ। “पूर्णखोप सुरक्षित भविष्य, स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ वैशाख २८ गते आइतबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। जिल्लामा जन्मेदेखि १५ महिनासम्मका १,२३५ जना बालबालिकाहरू…
-
चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
देवी जिसी/बैशाख-२३, अन्नपूर्ण गाउँपालिका–६ घारका कुलबहादुर बरुवालको ८४ औं जन्मोत्सवको अवसरमा मुक्तिमार्ग माध्यमिक विद्यालयमा १० लाख ८ हजार ४ सय ८४ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ। बेल्जियममा बसोबास गर्दै आएका उनका छोरा–बुहारी शिवकुमार र ज्ञानु बरुवालले चैत ३० गते ‘कुलबहादुर/स्व. मनकुमारी अक्षय कोष’ घोषणा गरेका थिए। सो कोष स्थापनार्थ रकम सोमबार मुक्तिमार्ग माविमा…
-
दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
देवी जिसी /मालिका, बैशाख-२३, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा जाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ। मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा हिमालयन आँखा अस्पताल घारीपाटन, नेपाल नेत्रज्योति संघ म्याग्दी शाखा र आँखा उपचार केन्द्र दरबाङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरको उद्घाटन मालिका गाउँपालिकाका…
-
म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
देवी जिसी /बेनी, बैशाख-२३, म्याग्दीको रघुगंगा गाउँपालिका-५, झिँमा नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उक्त दुई तले भवनको उद्घाटन गर्नुभएको हो। संघ, स्थानीय सरकार र स्थानीयबासीको संयुक्त लगानीमा करिब २ करोड ६० लाख रुपैयाँमा निर्माण भएको यस भवनमा एक सभाहल र पाँच वटा कोठाका साथै शौचालय…
-
हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
म्याग्दी, बैशाख-२२, म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई २३ दिनपछि परिवारले फेला पारेका छन्। सतिशका दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत भाइ सतिश फेला परेको जानकारी दिएका हुन्। गत चैत्र ३१ गते सतिश श्रेष्ठ बेनीबाट पोखराका लागि हिँडेका थिए। त्यसको दुई दिनपछि, बैशाख १ गते पोखरा महानगरपालिका–६ स्थित होटल…
-
२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
देवी जिसी /धवलागिरि, बैशाख-२२, धवलागिरि गाउँपालिका-२ लुलाङमा २० वर्ष उमेर पुगेपछि विवाह गरेका नवदम्पतीलाई सम्मान गरिएको छ। गाउँपालिकाका २१ वर्षीया पवित्र कुमाई र २७ वर्षीय टकप्रसाद रसाईलीलाई बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गरेको भन्दै संगम म्याग्दीले सम्मान गरेको हो। विवाहित जोडीलाई धौलागिरि गाउँपालिका वडा नं. २ का अध्यक्ष अकप्रसाद वि.क. र वडा नं. २ मका…
-
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
बेनी, बैशाख-२१, म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार निर्माण भएको…
-
स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू
देवी जिसी /बेनी, म्याग्दी – स्थानीय सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरूले खेलकुदमार्फत आपसी सहकार्य र सद्भाव सुदृढ गर्दै उदाहरणीय कदम चालेका छन्। विश्व प्रेस स्वतन्त्र दिवसको सन्देश फैलाउने उद्देश्यसहित शनिबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताले म्याग्दीका सञ्चारकर्मीहरूलाई एउटै मैदानमा उभ्यायो। मार्स मल्टिमिडिया हाउस प्रालिद्वारा सञ्चालित म्याग्दी टाइम्स डटकमको औपचारिक शुभारम्भको अवसरमा आयोजना गरिएको सो प्रतियोगितामा म्याग्दी मिडिया…
-
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
देवी जिसी /बेनी, बैशाख-२०, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको पेशागत सुरक्षालाई प्राथमिकता दिँदै दश लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा योजना हस्तान्तरण गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ को अवसरमा शनिबार (बैशाख २० गते) पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा आयोजित विशेष कार्यक्रममा जिल्लाका २१ जना क्रियाशील पत्रकारहरूलाई बीमा सुविधा प्रदान गरिएको…
-
म्याग्दी बहुमिखी क्याम्पसमा सूचना, प्रविधि सम्बन्धी सेमिनार
देवि जिसी/बेनी, बैशाख-१९, कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो । ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना…
प्रतिक्रिया दिनुहोस: