Advertisement

मार्कन्डेय उद्यमशील सहकारीको १०औँ साधारण सभा सम्पन्न

Share:

देवी जिसी/जलजल, मङ्सिर २९,

पर्वतको जलजला गाउँपालिका–७, लुन्ग्दीमा सञ्चालित मार्कन्डेयउद्यमशील सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारण सभा तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। साधारण सभाले कृष्णकुमारी मल्ल संघको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी कुमारी हमाल आचार्य, सचिवमा पूजा केसी, कोषाध्यक्षमा रिता दर्जी र सह–सचिवमा मिना कुमारी हमाल चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मायादेवी हमाल, तल कुमारी महत, माया केसी र सिता केसी रहनुभएको छ।

यस्तै संस्थाको लेखा उपसमितिको संयोजकमा सितल हमाल चयन हुनुभएको छ भने सदस्यहरूमा सुष्मा शाह मल्ल र सपना शर्मा रहनुभए

को छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जेष्ठ नागरिक प्रतिनिधिले जलजला गाउँपालिका–४ का शारीरिक अपाङ्गता तथा आर्थिक अवस्था कमजोर रहेका भिमबहादुर थापालाई सामाजिक सुरक्षा कोषमार्फत नगद २ हजार ५ सय २५ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो।

साधारण सभामा कोषाध्यक्ष तथा लेखा सुपरिवेक्षण समिति संयोजक सितल मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस्तै सदस्यहरूको तर्फबाट सल्लाहकार जमुना आचार्यले मन्तव्य व्यक्त गर्दै सहकारीको विद्यमान अवस्था, सदस्यहरूको कर्तव्य, बचतकर्तामैत्री योजना तथा आगामी नयाँ कार्यक्रमहरूबारे प्रकाश पार्नुभएको थियो।

विसं २०७२ सालमा स्थापना भएको उक्त सहकारी संस्थाको मुख्य उद्देश्य उद्यमशीलताको विकास गर्दै सदस्यहरूलाई सक्षम उद्यमी बनाउने रहेको छ। हाल संस्थामा १ हजार ८ जना शेयर सदस्य, ३ जना महिला कर्मचारी कार्यरत छन्। सहकारीको आर्थिक अवस्थाअनुसार १ करोड ९३ लाख ११ हजार ९ सय रुपैयाँ शेयर पुँजी, २ करोड ४४ लाख २३ हजार २ सय ३९ रुपैयाँ २ पैसा बचत, ४ करोड २२ लाख ८ हजार ७३ रुपैयाँ ३१ पैसा कर्जा लगानी गरी कुल ५ करोड ६० लाख ६७ हजार २ सय २४ रुपैयाँ ४१ पैसाको कारोबार रहेको छ।

साधारण सभा तथा अधिवेशन कार्यबाहक अध्यक्ष कृष्णकुमारी मल्ल संघको अध्यक्षता, सचिव पूजा केसीको सञ्चालन तथा सह–सचिव मिना हमालको स्वागत मन्तव्यसहित सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस:
12 comments
semaglutide tabletten rybelsus

semaglutide tabletten rybelsus

semaglutide tabletten rybelsus

dutasteride progress timeline

dutasteride progress timeline

dutasteride progress timeline

is mesalamine generic

is mesalamine generic

is mesalamine generic

revatio dosing

revatio dosing

revatio dosing

cenforce 100 vs viagra

cenforce 100 vs viagra

cenforce 100 vs viagra

tadalafil sildenafil combo

tadalafil sildenafil combo

tadalafil sildenafil combo

lasix for dogs without vet prescription

lasix for dogs without vet prescription

lasix for dogs without vet prescription

lasix generico

lasix generico

lasix generico

dutasteride for hair loss female

dutasteride for hair loss female

dutasteride for hair loss female

metoprolol succ er

metoprolol succ er

metoprolol succ er