बेनी, पुष-५, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्टले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा भब्य कार्यक्रम विच आफ्नो स्थापना दिवसको ३२ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्दघाटन गर्दै नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले राज्यले निजि क्षत्रको शिक्षाको योगदानको नजर अन्दाज गर्न नहुने बताउनुभयो । उहाँले न्यु वेष्ट पोइन्ट विद्यालयले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा संस्थाको प्रशंसा गर्नुभयो ।
त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु कुमारी रोकाले अभिभावाकलाई इंगित गर्दै बदलिँदो परिस्थिति संगै पढ्नु भनेको केवल उच्चतम ग्रेड प्राप्तगर्नु मात्रै नभई व्यक्तिको समग्र बिकास र क्षमताको प्रस्फुरण भएको बताउनुभयो । उहाँले अहिले अधिकांश पुरुष अभिभावक बैदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरीको पढाइ लेखाइ र पालनपोषण गर्नु पर्ने अबस्था रहकोले महिलाहरुलाई अझै जिम्मेवारी बन्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा वेष्ट पोइन्टबाट विद्यालय शिक्षा पुरा गरि देश तथा विदेशबाट स्नातक तथा स्नातोकत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरुलाई "वेष्ट पोइन्ट सम्मान" द्वारा सम्मान गरेको छ । त्यसैगरी विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयमा लामो समयसम्म सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई "दिर्घ सेवा सम्मान" प्रदान गरेको छ । जसमा १० वर्ष र २० वर्ष सेवा गर्ने ५ जना शिक्षक कर्मचारीलाई नगद सम्मानपत्र र दोषल्ला ओढाई सम्मान गरेको हो ।