पर्वत, चैत-२६, नेकपा एमाले पर्वतको भोलीदेखि शुरु हुने दशौ जिल्ला अधिवेशनको सवैजसो तयारी पुरा भएको छ । भोलीदेखि तीन दिनसम्म संचालन हुने अधिवेशनको सवैजसो तयारी सकिएको सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । अधिबेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने भएको छ ।
चैत ३० गते ११ बजे उद्घाटन हुने अधिवेशनमा उपाध्यक्ष पौडेल सहित केन्द्रीय उपमहासचिब पृथ्वीसुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट सचिब पद्मा अर्याल, प्रदेश अध्यक्ष नबराज शर्मा लगायतका नेताहरुको सहभागिता रहने जनाइएको छ।
अधिवेशनमा जिल्लाभरवाट तीन सय ९० को हाराहारीमा प्रतिनिधि सहभागि हुने अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । प्रतिनिधिको लागि आवास व्यवस्थापन भोजन, यातायात लगायतको व्यवस्थापन समेत भैसकेको छ । अध्यक्ष पौडेलका अनुसार कार्यक्रमको मञ्च निर्माण, प्रतिवेदन छपाई लगायतका कामहरु समेत सकिएका छन् । उद्घाटन लगत्त बन्द सत्र समेत शुरु गरिने एमालेले जनाएको छ ।
आगामी नेतृत्वका लागि विभिन्न नेताहरुले आकांक्षा व्यक्त गरेको भएपनि यस पटकपनि सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने अध्यक्ष पौडेलले बताउनुभएको छ ।
पार्टी र आम कार्यकर्ताहरुको हितका लागि सर्वसम्मत नेतृत्व चयनमा जोड दिईने बताउँदै अध्यक्ष पौडेलले सहमति हुन नसके लोकतान्त्रिक बिधिमार्फत स्वस्थ्य निर्वाचन हुने बताउनुभयो । चुनावी प्रकृयामा जाँदा पनि एउटै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई आम निर्वाचन जसरी हारजितको रुपमा लिनु नपर्ने उहाँले बताउनुभयो । उहाँले केन्द्रीय तहका नेताहरुले जिल्लामा आएर कार्यक्रम गर्दा गुट उपगुटको रुपमा व्याख्या नगर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रमको संचालन सचिब गोविन्द पहाडीले गर्नुभएको थियो । एमाले पर्वतको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष, उपाध्यक्ष र सचिब, राजु पौडेल, पदमपाणी शर्मा र गोबिन्द पहाडीको दावी रहेको बताइएको छ । लोकतन्त्र अनलाइनको सहयोगमा