विद्या ज्योति माविको प्रांगणमा शुरुभयो जलजलाको दोश्रो राष्ट्रपति कप प्रतियोगिता

ब्रेकिंग

3/recent/ticker-posts

विद्या ज्योति माविको प्रांगणमा शुरुभयो जलजलाको दोश्रो राष्ट्रपति कप प्रतियोगिता


जलजला, मङ्सिर-७,  पर्वतको जलजला गाउँपालिकामा पालिका स्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ । गाउँपालिकाको वडा नं –३ मल्लाज स्थित विद्याज्योती माविमा बिहिबारदेखि मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको हो । दुइ दिन सम्प्रम संचालन हुने प्रतियोगिताको  जिल्ला समन्वय समिति पर्वतका  प्रमुख बिष्णुराम परियारले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख परियारले जलजला गाउँपालिका नदीजन्य स्रोतको हिसाबले आन्तरिक आम्दानी गर्न सक्ने धेरै आधार भएपनि अदालतको अड्चनले बञ्चित र स्थानीय तहको आन्तरिक आम्दानी बृद्धी गर्ने र स्थानीय विकासमा परिचालन गर्ने विषयमा जिसस पर्वत सर्वोच्च अदालत सम्म पुगेर लडिरहेको  बताउनुभयो  ।

त्यसैगरी जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले खेलकुदलाई शिक्षासँग जोड्ने योजना अनुसार यस वर्ष शैक्षिक क्यालेण्डर अनुसार पर्वत जिल्लामै पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले थालेको अभियानमा खेलकुदलाई पनि जोडेको बताउनुभयो।

प्रतियोगितामा जलजलामा अवस्थित  दुई निजी सहित १२ वटा मावि र ४ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले  पहिलो दिन सबै खेल शुरु गरिएको र दोस्रो दिन फाईनल हुने बताउनुभयो  ।

प्रतियोगितामा  एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभएएको छ  । प्रतियोगितामा समावेश भएका हरेक  इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्थापन गरिएको र सबै बिधामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्ने अधिकृत आचार्यले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा सहभागी विद्यालयका  विद्यार्थीहरुले मार्चपास गरेका थिए ।