राष्ट्रगानका रचयिता ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन

ब्रेकिंग

3/recent/ticker-posts

राष्ट्रगानका रचयिता ब्याकुल माइलालाई म्याग्दीमा अभिनन्दन

फोटो : कृष्ण जि.सी. 

 म्याग्दी, असार-८, राष्ट्रगानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला ) लाइ म्याग्दीमा अभिनन्दन गरिएको छ । असार  ८ शुक्रबार  गते बेनीको वेष्ट पोइन्ट विद्यालयले आयोजना गरेको  कार्यक्रममा  कवी माइलालाई अभिनन्दन गरिएको हो  ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यले अभिनन्दन पत्र र दोसल्ला ओढाई अभिनन्दन गर्नुभएको थियो  । अभिनन्दन कार्यक्रममा संस्थापक निर्देशकहरुको समेत उपस्थिति  थियो । त्यसैगरी बिहानी प्रार्थना सभामा विद्यार्थीहरुले राइलाई भब्य स्वागत गर्दै संगै राष्ट्रिय गीत गाएका थिए  । विद्यार्थीहरुको तर्फबाट  विद्यालयका अनेरी क्याप्टेन शिल्पीका जि.सी.ले खादा र क्याप्टेन अन्जान रोकाले मायाको चिनो प्रदान प्रदान गर्नुभएको थियो ।

विद्यार्थीहरुको प्रार्थना सभामा कवी राइले सम्बोधन गर्दै राष्ट्रिय गीत सबैभन्दा धेरै र ब्यबस्थित तरिकाले गाउने भनेकै विद्यार्थीहरुले हो, भन्दै विद्यार्थीहरुलाई राष्ट्रप्रति सम्मान प्रकट गर्न, देशको सेवा गर्न लगनशील भएर पढ्नु पर्ने बताउनुभयो  । प्रार्थना सभा सकिएपछी  विद्यार्थीहरु संग  सामुहिक तस्विर खिचाउदै उहाँले विद्यार्थीहरुले प्रकट गरेको यो माया र श्रद्दाप्रति आफु निकै खुसि भएको बताउनुभयो  ।

कवी राइ, विद्यालयले भानुभक्तको जन्म महिनाको अवसरमा आयोजना गरेको अन्तरविद्यालय छन्दोबद्ध कबिता प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रुपमा म्याग्दी आउनु भएको हो ।  यसरी  पहिलो पटक म्याग्दी आएर  प्रसिद्द तातोपानी कुण्ड र पबित्र गलेश्वोर मन्दिर लगायतको अबलोकन तथा दर्शन गर्न पाउदा दुधकोशी किनारमा हुर्केको मान्छे पबित्र कालिगण्डकी  किनार र मुक्तिनाथ प्रबेशद्वारमा आउदा आफुलाई आनन्दको अनुभूति भएको बताउनुभयो  ।