ग्राम प्रकाश मा.वि लेखफाँटमा प्राविधिक धार तर्फ "वाली विज्ञान" विषयको पढाइ हुने

ब्रेकिंग

3/recent/ticker-posts

ग्राम प्रकाश मा.वि लेखफाँटमा प्राविधिक धार तर्फ "वाली विज्ञान" विषयको पढाइ हुने


 

जलजला, बैशाख-५, पर्वतको जलजला-५ स्थित ग्राम प्रकाश माध्यमिक विद्यालयमा वाली विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ९-१२ सम्म प्राविधिक धार तर्फको वाली विज्ञान विषयको पढाई हुने भएको हो ।

नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राविधिक धारतर्फ (कक्षा ९-१२ ) वाली विज्ञान संचालनको लागी  अनुदान उपलब्ध हुने भएपछि यसै शैक्षिक सत्रदेखि वाली विज्ञानको पढाइ शुरुहुने भएको विद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले बताउनुभयो ।

लेखफाँटमा कृषि विषयको अत्यन्तै आवश्यकता रहेको अबस्थामा नेपाल सरकारबाट नै प्राबिधिक धारतर्फ वाली विज्ञानको पढाइ हुने भएपछि विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ । कृषि बिषय पढ्न जिल्ला बाहिर जानुपर्ने अबस्थामा अव आफ्नै थलोमा सो बिषय पढाइ हुने भएपछि बाहिर जाने विद्यार्थीलाई गाउँमै गुणस्तरीय शिक्षा उपलब्ध हुने प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

वि.सं. २०१५ सालमा स्थापना भएको यो विद्यालय उत्तरी पर्वतको पुरानो मध्येको विद्यालय हो । लामो शैक्षिक इतिहास बोकेको ग्राम प्रकास मावि लेखाफाँटमा अहिले बालकक्षा देखि कक्षा ९ सम्म भर्ना अभियान संचालन भैरहेको छ । यस वर्षदेखि नै प्राबिधिक विषय पढाइ हुने भएकोले विद्यलयले सम्पूर्ण अभिभावक र छिमेकी वडा र पालिका तथा जिल्लामा समेत भर्नाको लागी अभियान संचालन गरेको छ।