अहिले नेपाली काँग्रेसको १४ औँ महाधिबेशनको चर्चा चलिरहेको छ । ढिलोगरी सम्पन्न हुन लागेको अधिबेशनमा चर्चाको विषय भनेको नेतृत्वमा युवा पुस्ताको उपस्थिति हुनु हो । अधिकांश जिल्लामा, वडा र पालिका स्तरका निर्वाचन सम्पन्न भैसकेका छन् । संचार माध्यम र सामाजिक संजालमा प्रकासन र ब्यक्त भए अनुसार स्थानीय तहमा चर्चित अनुहार भन्दा नयाँ तथा युवा पुस्ता अगाडी आउनु हो ।
जिसीले अहिले मात्रै नभई १३ औं अधिबेसनमा पनि लोक प्रिय मत प्राप्त गरी नेपाली कांग्रेसको साविक माझफाट गाविसको सचिवमा निर्वाचित भएका थिए । तत्कालिन अवस्थामा कांगेसका २६३ जना क्रियाशील सदस्य रहेकोमा उनले २२६ मत प्राप्त गरेका थिए । यसबाट पनि प्रष्ट हुन्छ कि पार्टी भित्र उनको प्रभावकारिता र लोकप्रियता ।
विद्यालय उमेरदेखि नै विद्यार्थी राजनीतिमा झुकाव राख्ने जि सी, बि स २०६० सालमा म्याग्दी क्याम्पसमा अध्ययन गर्न थालेदेखि सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघको तर्फबाट २०६५ सालमा म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भैसकेका उनि नेबिसंघ पर्वतको २ कार्यकाल सम्म उपसभापति भइ नेतृत्व गरिसकेका छन् ।
राजनैतिक रुपमा मात्रै नभई गाउँको एक सक्रिय र सहयोगी युवाको रुपमा चिनिने नविन जिसी विभिन्न संघ संस्थाको नेतृत्व समेत गरिसकेका छन्यु ।युवा क्लव, सहकारी, बन, धार्मिक संघ-संस्था, शैक्षिक संस्था, उपभोक्ता समिति लगायतका संघ संस्थामा समेत आवद्द भै कार्य गरिरहेका छन् ।
म्यग्दीकाली एफ एम मा ७ वर्ष सम्म रेडियो पत्रकारिताको अनुभव समेत संगालेका जिसीले म्याग्दीमा एक गैरसरकारी संस्था मार्फत "अन्तर र आन्तरिक पार्टी लोकतन्त्र मार्फत सुशासन" भन्ने कार्यक्रम अन्तर्गत "लोकतन्त्र सुशाशन र पारदर्शिता" भन्ने कार्यक्रम ३ वर्ष सम्म संचालन गरेका छन् । युवा ब्यबसायी समेत रहेका नविन जिसी मल्लाजको मात्रै नभई सिंगो जलजलाको प्रेरणादायी युवा हुन् । यसैगरी लोकप्रिय बन्दै गगाउँ समाज र देशको बिकासमा नवीनका पाइला अगाडी बढिरहेको देख्न पाइयोस हार्दिक शुभकामना !!!