म्याग्दीकी शोभा कार्की दोहोरी च्याम्पियनको टप ८ मा : भोटगरि जिताउन आग्रह

ब्रेकिंग

3/recent/ticker-posts

म्याग्दीकी शोभा कार्की दोहोरी च्याम्पियनको टप ८ मा : भोटगरि जिताउन आग्रह



म्याग्दी, भदौ-१३,  नेपाल टेलिभिजनबाट प्रस्तुत हुने कार्यक्रम दोहोरी च्याम्पियनको टप १६ मा शोभा कार्कीको समूह पुगेको छ ।   म्याग्दीको रघुगंगा गाउँपालिका- २ राखु भगवतीकी ( म्याग्देली चेली) शोभा कार्कीको टिमले टप १६ मा उत्कृष्ट प्रदर्शन गरेको छ  । शोभा कार्कीको टिममा  बागलुङका बालचन्द्र बराल रहेका छन् ।

सर्बाधिक राशिको दोहोरी च्याम्पियनको  सिजन १ को टप १६ को प्रतिस्पर्धामा शोभा कार्कीको समुहले उत्कृष्ट प्रदर्शन गरेसंगै  टप ८ मा पुर्‍याउनका लागि म्याग्दी, बागलुङ लगायत देश विदेशमा रहेका नेपालीहरुलाइ  भोट गर्न आव्हान गरिएको छ ।

यो जित मेरो मात्रै  नभएर सिंगो जिल्लाको पनि हो, म्याग्दी जिल्ला लोक दोहोरीको उर्वर भुमि  हो, त्यसलाई कायम राख्न आफु लागिरहेको शोभा कार्कीले  बताईन । उनले भनिन "मेरो टिममा बाग्लुंग कै सहकर्मी भएकोले अव यस क्षेत्रबाट अवश्य धेरै भोट पाउने आशा गरेकी छु । "

आगामी चरणमा सफल बनाउनका लागि भोट महत्वपुर्ण रहेकोले  म्याग्दीका दिदिबहिनी तथा दाजुभाईलाई भोट गर्न शोभाले आग्रह गरेकी छिन ।

प्रत्यक्ष दोहोरीको  अदभुत क्षमता भएकी म्याग्देली चेलीशोभा कार्की सानै उमेर देखि अनेकन दुख र संघर्ष  गर्दै यो क्षेत्रमा निरन्तर लागि रहेकी छिन ।  नेपाली लोक संस्कृति मार्फत आफ्नो गाउँ-ठाउँ , जिल्लाको नाम संसारभर आफ्नो कला र गलाको माध्यमबाट चिनाउने यात्रामा रहेकी शोभाले आफुलाई लाई जिताउन म्याग्दीका कलाकार र जिल्ला बासीसंग  अनुरोध गरेकी छिन ।

  नेपाल टेलिभिजनको एप (App) डाउनलोड गरि शोभा कार्किलाई भोट गर्न सकिने  

भोटिंग कोड  : DC 16

Send : 33001