हेपिएको शिक्षक : एक शिक्षकको कविता

ब्रेकिंग

3/recent/ticker-posts

हेपिएको शिक्षक : एक शिक्षकको कविता



हेपिएको शिक्षक  

ही क्या, म हेपिएको शिक्षक

कोरोना भ्याक्सिनको एक असली दर्शक
जाबो शिक्षक न होस्, यस्तै सोच्यौ कि सरकार
परिन तिम्रो प्राथमिकतामा, किन उपेक्षित व्यवहार ?

सँधै छायाँमा सेवा मेरो, खट्दा नि दिनरात
राष्ट्रसेवा गरेकै छु पीडा बोकेर खात–खात
दोहोरियो नसोचेको कोरोना कहर
फेरि चिसियो चुल्हो, तात्दै थियो भर्खर

देखियो लक्षण कोरोनाको मन उसै भयभित
जसोतसो कोरोना जाँच गरेको, रहेछु संक्रमित
असहैय भो, सास फेर्नै गाह्रो, पाइएन अक्सिजन
सोध्दैछन् केहि, कोही चिनेजानेका ठूला आफन्त छन् ?

मागिराछु भिख जीवनको तड्पेरै ओछ्यानमा
चिरिन्छ मुटु ,सम्झी परिवार डुबेका वेदनामा
गिज्याइरहेछ आफ्नै पेसा, पाइनस् कोरोना भ्याक्सिन ?
मृत शिक्षक किन बढ्दैछन् ? गमेर सोच त एकछिन

नलेख्नु बरु मरेसी, हार्दिक श्रद्धाञ्जलि
आत्मसम्मान जगाउ शिक्षकमा, सन्तुष्टि बाँचुञ्जेली
माछा पानी बिनाको जिन्दगी निर्थक
उही क्या, म हेपिएको शिक्षक

(गणेश पराजुली (शिक्षक) देवदह, रुपन्देही)

श्रोत : न्युज२४