लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जित्यो

ब्रेकिंग

3/recent/ticker-posts

लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जित्यो


 

पर्वत, जेष्ठ-२, बेलायतको  एफए कप फुटबलको उपाधि लेस्टर सिटीले पहिलो पटक जितेको छ । लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए ।

८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३  र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो ।

उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।