कक्षा ११ र १२ पास गरेका विद्यार्थीहरुका लागी ट्रांस्क्रीप्ट प्राप्त गर्ने तरिका : राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरा

ब्रेकिंग

3/recent/ticker-posts

कक्षा ११ र १२ पास गरेका विद्यार्थीहरुका लागी ट्रांस्क्रीप्ट प्राप्त गर्ने तरिका : राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखरा





राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश पोखराले कक्षा  ११ र १२ पास गरेका विद्यार्थीहरुका लागी ट्रांस्क्रीप्ट प्राप्त गर्न सुचना जारी गरेको छ  बोर्डले आफ्नो फेसबुक मार्फत प्रक्रिया र निर्देशन जारे गरेको हो सुचना यस्तो रहेको छ : 

कक्षा ११ र १२ का सबै विषयका सैद्धान्तिक तर्फ कम्तीमा D+ ग्रेड र प्रयोगात्मक तर्फ कम्तीमा C ग्रेड प्राप्त गर्न सफल विद्यार्थीहरूले पोखरा कार्यालयबाट ट्रान्सक्रिप्ट,माइग्रेसन,प्रोभिजनल र
सप्लिमेन्ट्री प्रमाणपत्र लिन निम्नानुसार गर्नु पर्नेछ :
१.दस्तुर सम्बन्धमा : राष्ट्रिय बाणिज्य बैंकमा रहेको बोर्डको खाता नं.३४८००१०६०९०१ मा निम्नानुसारको दस्तुर बुझाउनु पर्छ :
- कक्षा १२ मा ग्रेडवृद्धि परीक्षा नदिई नियमित रूपमा तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि रू.११०० लाग्छ ।
- कक्षा १२ मा ग्रेडवृद्धि परीक्षा दिएर तोकिए बमोजिमको न्यूनतम ग्रेड ल्याउनेका लागि रू.१४५० लाग्छ ।
२. विद्यालयले आफ्ना सबै विद्यार्थीको राजश्व बापतको दस्तुर एकमुष्ठ बैंक दाख़िला गर्न चाहेमा सो गरी एकमुष्ठ जम्मा गरेको सक्कल बैंक भौचर , विद्यार्थीहरूको नाम र रकम समेत खुलेको विद्यालयको पत्र ( पत्रमा को मार्फत पठाइएको हो सो पनि खुलाएर ) सहित आधिकारिक व्यक्ति मार्फत निम्न कागजात सहित कार्यालयमा पठाउने :
-प्रत्येक विद्यार्थीको SLC/SEE,कक्षा ११ र १२ को मार्कसिट/ग्रेडसिट ।
( नोट : २०७७/१०/१९ मा प्रकाशित भएको कक्षा १२ को नतिजाको हकमा नेटबाट ग्रेडसिट प्रिन्ट गरी पेश गर्न सकिनेछ ।)
द्रष्टव्य :
१. कार्यालयमा रहेको राष्ट्रिय बाणिज्य बैंकको काउण्टरमा रकम जम्मा गर्न सक्नु हुनेछ ।
२. कार्यालयको झ्याल नं.१ मा आवश्यक कागजात पेश गरेको पाँचौं ( ५औं) दिनमा सर्टिफ़िकेटहरू प्राप्त गर्न सक्नु हुनेछ ।
३. यही माघ १९ गते प्रकाशित भएको कक्षा १२ को नतिजासंग सम्बन्धित भाइबहिनीहरूले २०७७/११/०१ बाट
मात्र TMP बापतको दस्तुर जम्मा गर्न
सक्नु हुनेछ ।
यो पनि :
यहॉंहरूलाई कुनै समस्या परेमा ९८४१०५९७२७ मा सम्पर्क गर्नुहुन ।
धन्यवाद !