अत्याधिक चिसोको कारण तीन दिनका लागि विरगञ्जका सम्पूर्ण विद्यालयहरु बन्द

ब्रेकिंग

3/recent/ticker-posts

अत्याधिक चिसोको कारण तीन दिनका लागि विरगञ्जका सम्पूर्ण विद्यालयहरु बन्द


अत्यधिक चिसोका कारण तराइका विद्यालयहरु बन्द गरिएका छन् । केहि  दिनदेखि तराईमा बढ्दै गएको बाक्लो हुस्सुसँगै शितलहरीको कारण विरगञ्जका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको हो  । विहानैदेखि रातिसम्म २४ औं घण्टा बाक्लो हुस्सु र तुसारो पर्न थालेपछि बालबालिका विद्यालय जान सक्ने अवस्था नभएको कारण तीन दिनको लागि सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएको निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन पर्साले जनाएको छ ।

 शैक्षिक महाशाखासँगको समन्वयमा आइतबारदेखि मंगलबारसम्मका लागि सम्पूर्ण निजी र सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन वीरगन्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले बताए ।

मौसममा सुधार नआए पुनः बैठक गरेर केहि निर्णय गरिने बताइएको छ । चौरसियाले अहिले चिसो बढेपछि बिदा दिँदा आगामी दिनमा हुने बिदाहरुलाई मिलान समेत गरिने बताए । कोरोना  भाइरस माहामारीका कारण महिनौँ पठन पाठन प्रभावित भएको अवस्थामा अहिले विदा दिने अवस्थामा नहुँदाहुँदै अत्याधिक चिसोको कारण विदा दिनुपर्ने बाध्यता उत्पन्न भएको अध्यक्षको भनाई छ ।