सुन्तला र कफी खेतिमा रम्दै टिकानाथ सुबेदी

ब्रेकिंग

3/recent/ticker-posts

सुन्तला र कफी खेतिमा रम्दै टिकानाथ सुबेदी





कुनै समय  सुख्खा रहने रातमाटाको तल्लो भाग धौलापहार आजभोली त्यस्तो छैन । तत्कालिन सालिजा गाविस ४ बाट ७० लाखको आयोजनामा सिचाई कुलो ल्याएपछी धौलापहर फेरिएको छ । लामो समय सक्रिय राजनीति र समाजसेवामा लागेका स्थानीय टिकानाथ सुबेदी अहिले निकै ब्यस्त हुनुहुन्छ । उहाँले  त्यो बेलाको गुजारा खेति र अहिलेको अवस्थालाई तुलना गर्नुहुन्छ । सामान्य रुपमा कोदो मकै छर्दा लगानी पनि उठ्न नसक्ने अवस्थामा अहिले फलफुल खेति र ब्यबसायिक तरकारी खेति गर्दा धेरैको जीवन शैली फेरिएको बताउनुहुन्छ ।


अहिले सुबेदीलाई लटरम्म फलेका पहेंलपुर सुन्तलाको बगानमा सुन्तला बिक्रि गर्दै र अन्तर्वार्ता दिन भ्याई नभ्याई छ  । उहाँको बगानमा अहिले ४०० वटा सुन्तलाका बोट छन् भने ३०० बोटले फल दिन थालेका छन् । अघिल्लो बर्ष फुल फुल्ने बेलामा परेको असिनाले सोचेजस्तो फल लाग्न नसके पनि केहि पातलो तर ठुला दाना फलेका छन् उहाँले बताउनु भयो । "स्याहार त गर्ने पर्छ, स्याहार नगरी के चिज हुन्छ र?  झन् यी सुन्तला बगानमा गोडमेल काटछाट  गर्दा आनन्द लाग्ने रहेछ सबै बोट बिरुवा आफ्नै सन्तान झैँ लाग्छन,  यसरी लटरम्म फलेको देख्दा त असाध्यै आनन्द लाग्छ" उहाँले खुशी व्यक्त गर्नु भयो  ।



एउटा बोटमा १०० केजी देखि ४०० केजी सम्म सुन्तला फलेका छन्  ।सुन्तला मात्रै हैन सुन्तला बगानमा घुसुवा खेति मकै भित्र कोदो रोपे जस्तै सुन्तला भित्र कफी लगाउदा दोहोरो फाइदा भएको छ । एक सिजनमा २ क्विन्टल कफी विदेश निर्यात गर्न तयार भएको बताउनु भयो ।  "न बादरले खाने डर न चराले खाने डर यो कफि त् झन् उत्तम खेति रहेछ उहाँले थप्नु भयो ।"

अघिल्लो वर्ष गाउपालिका मार्फत सुन्तलाका विरुवा वितरण गरिएको र धेरै कृषकहरु  परम्परागत खेती भन्दा फलफुल खेति तर्फा आकर्षित हुने गरेका छन्  ।    लामो समय सक्रिय राजनीति र समाजसेवामा लागेका स्थानीय अगुवा कृषक टिकानाथ सुबेदी धौलापहर सुन्तला पकेटक्षेत्र   बन्ने आशा ब्यक्त गर्नुहुन्छ भन्नु हुन्छ "छिट्टैनै यहाँका धेरै कृषकहरुको जीवन स्तर माथि उठ्नेछ ।"  जलजला गाउँपालिकाको वडा नं ५ साबिक लेखफाट गाविसको वडा नं १ धौलापहारा अत्यन्तै पाहारिलो र सुन्तला कागतिको लागी उपयुक्त ठाउ रहेको कृषक सुबेदीले बताउनु भयो ।