परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (SEE) २०७८ मा समावेश हुन हाल कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको लागि रजिष्टेशन फाराम र माध्यमिक शिक्षा परीक्षा (SEE)२०७७ मा समावेश हुन हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धी सूचना जारी गरेको छ ।
कोरोनाका कारण अन्योलको अवस्थामा रहेको यस बर्सको SEE को लागी बाटो खुलेकोहो ।
परीक्षा बोर्डका अनुसार रजिष्टेशन फाराम भर्ने मितिः २०७७।०९।१६ देखि २०७७।१०।२१ सम्म तोकेकोछ । रजिष्टेशन शुल्क प्रति विद्यार्थीः रु ३०० लाग्ने जनाएको छ ।
त्यसैगरी SEE परीक्षाको परीक्षा फारम भर्ने मिति २०७७।०९।१६ देखि २०७७।१०।२१ सम्म भर्ने र आवेदन शुल्क प्रति विद्यार्थीः रु ५०० लाग्ने जनाएको छ ।