पोखरा – शुक्रवार गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, म्याग्दी र बागलुङ जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा भिरकोट नगरपालिका वडा नखुलेको ३५ वर्षीय पुरुष, म्याग्दी बेनी नगरपालिका वडा नं – १, ७ र १० का क्रमसः ४४ वर्षीय पुरुष, ३९ वर्षीया महिला र ३० वर्षीय पुरुष तथा बाग्लुङ नगरपालिका -२ का ३० र ३६ वर्षीय पुरुष, वडा नखुलेको २४,३० र २८ वर्षीया महिला र ३६, ३१ र ३९ वर्षीय पुरुष, बाग्लुङ निसिखोला गाउँपालिका -२ का ४६ वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित सबैजना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
-गण्डक न्युजबाट