यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई

ब्रेकिंग

3/recent/ticker-posts

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको ‘महारानी’लाई





४ असोज वर्ष २०७६ को मदन पुरस्कार महारानी उपन्यासले पाउने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मदन पुरस्कार महारानी उपन्यासको लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । 

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले  म्याग्दीका सर्जक चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास ‘महारानी’लाई २०७६ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पुरस्कारको राशी ४ लाख रुपैयाँ रहेको छ । गुठीले यसअघि पुरस्कारका लागि सातओटा पुस्तकको सूची मनोनित गरेको सार्वजनिक भएको थियो ।

वि.सं. २०४८ सालमा म्याग्दीबाट निर्वाचित सांसद रहिसकेका बानियाँ पछिल्लो समय सकृय राजनीतिबाट टाढा रही लेखनकार्यमा केन्द्रित हुनुहुन्छ  ।  हालसम्म  उहाँका ‘मृत्युसंस्कार मन्थन’, ‘कुलपूजा’, ‘ऐतिहासिक पर्वत राज्य’ प्रकाशित छन्  उहाँले विभिन्न अखबारमा समसामयिक विषयमा नियमित स्तम्भ समेत लेख्दै आउनु भएको छ  । उहाको प्रकासोंन्मुख कृति भौज्याहालाई पनि निकै महत्वका साथ् हेरिएको छ ।